जोमसोम— पोखरामा शनिबार नेकपा माओवादी केन्द्रको मुस्ताङी जन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनतासंग माओवादी रुपान्तरण अभियान अन्तर्गत पोखरामा बसोबास गर्दैआईरहेका मुस्ताङी समुदायहरुलाई लक्षित गर्दै माओवादी केन्द्र जिल्ला समन्वय समिति मुस्ताङले पोखरामा जन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
मुस्ताङको ताङ्वे समाज सेवा संघ पोखरा र मुस्ताङ—पोखरा विश्वकर्मा समाजको सहआयोजनामा पोखरा स्थित ताङ्वे समाज सेवा भवन प्रस्याङ्गमा जन भेटघाट कार्यक्रम गरिएको हो । जन भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल,माओवादी केन्द्र मुस्ताङ जिल्ला ईञ्चार्ज कपिल लामा ,केन्द्रिय सदस्य टेक बहादुर विक र मुस्ताङ जिल्ला संयोजक धिरेन्द्र विक,ङुटुक गुरुङ टाईगर लगायतले सम्वोधन गरेका थिए ।
पोखरामा सम्पन्न जनभेटघाट कार्यक्रममा करिव १५० जना बढी मुस्ताङीको सहभागिता रहेको थियो । गत भदौबाट मुस्ताङमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संञ्चालन गर्दै आईरहेको माओवादी केन्द्रले अभियानका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुस्ताङ आमन्त्रण गरेर भव्य जनभेला आयोजना गरेको थियो ।
जिल्लाको ५ वटै तहमा अभियान संञ्चालन गरेको केन्द्रले घरघरमा माओवादी ,जनजनमा माओवादी नारासहित जनताको घरदैलोमा पुगेर पार्टीको सागठनिक विस्तार, नीति सिद्धान्त र उद्देश्य जनता समक्ष प्रस्तुत गरेको थियो । यसका लागि पार्टी जिल्ला ईञ्चार्ज कपिल लामा,केन्द्रिय सदस्य टेकबहादुर विक र संयोजक धिरेन्द्र विक अभियानमा खटिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार