काठमाडौं महानगरले ‘सिल्भर भोलिन्टियर’ कार्यक्रम घोषणा, अवकाशप्राप्त व्यक्तिहरूको अनुभव विकासमा प्रयोग गरिने
काठमाडौं, असोज २६ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सेवानिवृत्त व्यक्तिहरूको ज्ञान, सीप र अनुभवलाई महानगरको विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर’ कार्यक्रम घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै प्रमुख शाहले ४५ वर्ष पूरा भई जागिर वा व्यवसायबाट अवकाश लिएका इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका हुन्।
‘तपाईं ४५ वर्ष पूरा हुनुभयो ? जागिर वा व्यवसायबाट अवकाश हुनुभयो ? अवकाश पश्चात बिश्राम भन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच सहित आउनुहोस्, सँगसँगै महानगरको विकासमा हातेमालो गरौं,’ शाहले लेखेका छन्।
उनका अनुसार, उक्त कार्यक्रमले अवकाश प्राप्त व्यक्तिहरूको दीर्घ अनुभव, ज्ञान र सीपलाई सदुपयोग गरी देश निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने लक्ष्य राखेको छ।
‘तपाईंको अनुभवलाई उपयोग गर्दै देश निर्माणमा एउटा इट्टा थप गर्ने अवसर सहित सिल्भर भोलिन्टियर कार्यक्रम ल्याएका छौं,’ शाहले उल्लेख गरेका छन्।
यस कार्यक्रमअन्तर्गत अवकाश प्राप्त व्यक्तिहरूले आफ्नो सीप र सोच शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षण लगायतका क्षेत्रमा महानगरसँग सहकार्य गर्दै योगदान दिन सक्नेछन्।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइन फारममार्फत आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि महानगरको शहरी योजना आयोगको सचिवालयमा विवेक बास्तोलालाई सम्पर्क गर्न सकिने जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय