काठमाडौं, – सांसद सुमना श्रेष्ठले हाल प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता आशिका तामाङसँग भेट गरेकी छिन्। श्रेष्ठले आशिकाको स्वास्थ्य अवस्था, कानुनी प्रक्रिया र हिरासतमा उनको स्थितिबारे जानकारी लिएको बताइएको छ।
भेटघाटका क्रममा सांसद श्रेष्ठले आशिकामाथि भइरहेको कानुनी प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन्। उनले अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा राज्य संयमित हुनुपर्ने तथा कानुनी प्रक्रियालाई राजनीतिक पूर्वाग्रहबाट मुक्त राख्नुपर्ने धारणा राखिन्।
यसअघि, आशिका तामाङलाई माघ २ गते पक्राउ गरिएको थियो। उनलाई विभिन्न जिल्ला घुमाएर हिरासतमा राख्ने निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक असन्तोष देखिएको छ। आशिका तामाङमाथि लगाइएको अभियोगबारे संसदमा समेत प्रश्न उठ्न सक्ने अनुमान गरिएको छ।
सांसद सुमना श्रेष्ठको यो कदमले आशिका तामाङ समर्थकहरूलाई आशा दिलाएको छ, भने सरकारको भूमिकाप्रति थप बहस सिर्जना गर्ने देखिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता