काठमाडौं, २०८१ माघ २५ – प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले स्वर्गद्वारी गुठीका मोही किसानहरूको मागलाई लिएर सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
सांसद चौधरीले भने, "छ दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत किसानहरूको पक्षमा सरकारको उदासीनता जनताप्रति गैरजिम्मेवारीपनको ज्वलन्त उदाहरण हो। दशकौँदेखि भूस्वामित्वका लागि संघर्ष गर्दै आएका १६ हजारभन्दा बढी किसानको जायज मागलाई सरकारले वेवास्ता गर्नु दुःखद भनेका छन।
उनले सरकारलाई सम्झौताको कार्यान्वयनमा ढिलाइ नगर्न आग्रह गर्दै प्रश्न गरे, "संविधानमै दोहोरो भूस्वामित्व अन्त्य गर्ने र किसानलाई जमिनको स्वामित्व दिने प्रावधान स्पष्ट रूपमा उल्लेख छ। तर, कानुन निर्माणमा सरकारले किन हिचकिचाइरहेको छ? सम्झौतापछि पनि कार्यान्वयनमा किन अन्योलता छ?"
चौधरीले संविधानको धारा २९० र धारा ५१(ङ) को उल्लेख गर्दै सरकारले गुठी मोही किसानहरूको समस्या समाधानका लागि तुरुन्त कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरे।
"भोको पेटले कानुन सुन्दैन, अन्याय सहन्न, र निष्पक्षता खोज्न बाध्य हुन्छ," उनले चेतावनी दिँदै भने।
सांसद चौधरीले स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आन्दोलनलाई न्यायसंगत भन्दै ऐक्यवद्धता जनाए। साथै, सरकारले तत्काल आवश्यक कदम नचाले किसानहरू अझ सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय