काठमाडौं, असोज ७ ।
लोकप्रिय एकखुट्टे नृत्यांगना तथा समाजसेवी सीता सुवेदीको निधन भएको छ। उनी ४० वर्षको उमेरमा सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ।
सुवेदी तीन महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिइन्। पछिल्ला एक महिनादेखि उनी भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। सोमबार बिहान साढे ६ बजे उनको निधन भएको हो।
सीता सुवेदीले नृत्य, गायन र समाजसेवामा आफ्नो उल्लेखनीय योगदान दिएकी थिइन्। उनले क्लासिक नेपाल फाउण्डेशन स्थापना गरेर कला–संस्कृति र सामाजिक क्षेत्रमा सक्रियता जनाएकी थिइन्। उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्दै सयभन्दा बढी मञ्चमा आफ्नो प्रस्तुति दिएकी थिइन्।
उनी मिस इन्टरनेशनल २०२३ समेत भएकी थिइन्। त्यस्तै, उनी प्रेरणादायी वक्ता, गायिका र इण्टरमिडिएट स्तरको कथक नृत्यतर्फ स्वर्णपदक विजेता थिइन्।
सुवेदीको निधनले नेपाली कला–संस्कृति क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार