काठमाडौं, चैत ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारविरुद्ध कडा टिप्पणी गर्दै आफूले बोले दुई तिहाइको सरकारलाई नै अप्ठ्यारो पर्ने दाबी गरेका छन्।
हालै एक सार्वजनिक कार्यक्रममा लामिछानेले सरकारको नीति तथा सुशासनको विषयमा प्रश्न उठाउँदै भने, “यदि म सत्य बोल्न थालें भने दुई तिहाइको सरकार चलाउनै गाह्रो हुन्छ।”
उनले हालको सत्तारूढ गठबन्धनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, तथा जनताको पक्षमा प्रभावकारी निर्णय गर्न नसकेको आरोप लगाए।
लामिछानेले आफ्नो पार्टी जनताको पक्षमा अडिग रहेको दाबी गर्दै वर्तमान सरकारको गलत नीतिहरूको विरुद्ध खुला रूपमा बोल्ने चेतावनी पनि दिए।
यसअघि पनि लामिछानेले सरकारमाथि कडा टिप्पणी गर्दै आएका छन्। उनको पछिल्लो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा सिर्जना गरेको छ।
(अामा दर्शन न्युजका लागि)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय