आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव प्रस्तुत हुँदै, संसद्मा विस्तृत छलफल हुने

काठमाडौं, अामा दर्शन न्युज | २०८२ वैशाख २३ — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरिने भएको छ। आजको बैठकमा ती संशोधन प्रस्तावहरू औपचारिक रूपमा टेबल गरिनेछ र त्यसपछिको चरणमा विस्तृत छलफल हुने संसदीय सचिवालयले जनाएको छ।


विभिन्न राजनीतिक दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा सामाजिक न्याय, समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्यमा सुधारलगायतका विषयमा गम्भीर सुझावसहित संशोधन पेश गरेका छन्।


संशोधनमाथिको छलफलका क्रममा सांसदहरूले आफ्नो धारणा राख्नेछन् भने प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूले सोधिएका प्रश्नको जवाफ दिने छन्। छलफलपछि संशोधनहरूमाथि निर्णय लिने प्रक्रिया अघि बढ्नेछ।


सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने आर्थिक मार्गचित्र हो। यसले सरकारको प्राथमिकता, लक्ष, योजना तथा कार्यक्रम निर्धारण गर्छ, जसअनुसार आगामी वर्षको बजेट निर्माण गरिनेछ।


संसद्मा हुने छलफलले नीति तथा कार्यक्रम कति व्यवहारिक, प्रभावकारी र सर्वस्वीकार्य बन्ने हो भन्ने निर्धारण गर्ने अपेक्षा गरिएको छ।


– अामा दर्शन न्युज डेस्क

प्रतिक्रिया