काठमाडौं । दुई मन्त्रीहरूले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गरेका हुन्।
आज चार जना मन्त्रीलाई शपथ गराउने तयारी भए पनि दुई जनाको शपथ अन्तिम समयमा रोकिएको थियो। गौतम पूर्वस्वास्थ्य सचिव रहेकी हुन् भने गुप्ता १०० ग्रुपका अध्यक्ष हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गणपतिलाल श्रेष्ठलाई सिफारिस गरेकी थिइन्। सुरुमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका लागि सिफारिस भएका थिए, तर श्रेष्ठले भूमि मन्त्रीको जिम्मेवारी नलिने बताएका छन्।
त्यस्तै, खगेन्द्र सुनार श्रम मन्त्रीका लागि सिफारिस भएका थिए तर उनीविरुद्ध तीन अदालतमा मुद्दा चलिरहेको तथ्य सार्वजनिक भएपछि उनको शपथ स्थगित गरिएको छ।
प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् अहिले १० सदस्यीय बनेको छ।
– रिपोर्टर: आमा दर्शन न्यूज
१० कार्तिक २०८२, आईतबार ०३:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार