काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्व सांसदहरूलाई तत्काल रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
पार्टी प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ।”
त्यस्तै, जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तन आन्दोलनमा ७५ जनाको ज्यान गएकाले राष्ट्रिय शोकको माहोललाई ध्यानमा राख्दै रास्वपाले यसपटक कुनै पनि चाडपर्व सम्बन्धित कार्यक्रम पार्टीको नाममा आयोजना नगर्न सबै तहका संरचना र कार्यकर्तालाई आग्रह गरेको छ।
१३ असोज २०८२, सोमबार १०:४१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता