१२१औं भानु जयन्तीको अवसरमा शान्ति साहित्यिक सभा हुने



काठमाडौं, असार २७।


१२१औं भानु जयन्तीको विशेष अवसरमा यहि असार २९ गते काठमाडौंको नक्सालस्थित पिस एम्बेसी भवनमा “शान्ति साहित्यिक सभा घोषणा कार्यक्रम” आयोजना हुँदैछ।


कार्यक्रमको आयोजना विश्व शान्ति तथा एकीकृत परिवार महासंघसिद्धान्त अनुसन्धान महाविद्यालय संघले संयुक्त रूपमा गर्न लागेका हुन्।


कार्यक्रममा मञ्जुल, भीष्म उप्रेती, स्नेह सायमी, कृष्ण बाउसे, लगायतका ख्यातिप्राप्त साहित्यकार तथा कविहरू अतिथि कविका रूपमा सहभागिता जनाउनेछन्।

साथै, लक्ष्मी माली, सन्तोष पौडेल, रचना निरौला, रभी प्रिया, अभय श्रेष्ठ, गंगा खतिवडा, लगायत २० जना भन्दा बढी विशिष्ट साहित्यिक व्यक्तित्वहरूले सहभागिता जनाउनेछन्।


कार्यक्रम दिउँसो १:०० बजे सुरु हुने जानकारी आयोजकले दिएका छन्।


साहित्य र शान्तिको समन्वयमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएका छन्।


प्रतिक्रिया