सिन्धुलीमा तिज विशेष कार्यक्रम र जिल्ला भेला हर्षोल्लासपूर्वक सम्पन्न


सिन्धुली । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुली सम्पर्क समन्वय समितिले आयोजना गरेको तिज विशेष कार्यक्रम तथा जिल्ला भेला हर्षोल्लासका साथ सम्पन्न भएको छ। कार्यक्रममा ठूलो संख्यामा महिला, युवती र स्थानीय सर्वसाधारणको सक्रिय सहभागिता रह्यो।


समितिले जारी गरेको विज्ञप्तिमा कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै अहोरात्र खटिएका आयोजक टोली तथा देश–विदेशबाट सहयोग गर्ने सहयोगी मनहरूलाई विशेष आभार प्रकट गरिएको छ। साथै आगामी दिनमा पनि निरन्तर साथ र समर्थन रहने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रमकै अवसरमा नयाँ समिति गठन गरिएको छ। नवगठित समितिप्रति संगठनलाई अझ मजबुत बनाउन र पूर्णता दिन सक्ने विश्वास गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया