काठमाडौं, २०८२ जेठ ७ – काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले लिखित स्पष्टीकरण सोधेका छन्। उनलाई कर्मचारी आचरण र अनुशासन उल्लंघनको आरोप लगाइएको छ।
प्राप्त विवरणअनुसार, स्पष्टीकरण पत्रमा निम्न विषयहरू उल्लेख छन्:
• कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण र अनुशासन विपरीत व्यवहार गर्नु,
• सञ्चार माध्यममा अनधिकृत रूपमा बयान दिनु,
• महानगरका जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहार देखाउनु,
• प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध गर्नु,
• र वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश अवज्ञा गर्दै नियोजित रूपमा द्वन्द्व उत्पन्न गर्नु।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंका अनुसार, “तालुकदार कर्मचारी प्रमुखले सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएमा वा समयमै स्पष्टीकरण नदिएमा कारबाही प्रक्रिया अघि बढाउन सहज हुन्छ।”
महानगरमा पछिल्लो समय आन्तरिक व्यवस्थापनमा देखिएको असहजता र विवादले प्रशासनिक क्रियाकलाप प्रभावित हुन थालेको छ। घटनालाई लिएर नगर प्रहरी पक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको सम्बन्ध थप चिसिने देखिएको छ।
यस विषयमा एसएसपी पाण्डेले आधिकारिक प्रतिक्रिया दिएका छैनन्। अबको केही दिनभित्र उनको जवाफको आधारमा महानगरले थप निर्णय लिने बताइएको छ।
- अामा दर्शन न्युज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता