काठमाडौं, २६ मार्च – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयलाई लिएर प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोधमा परेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग्दै बैठक सञ्चालन हुन नदिएको हो।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको पहिलो बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो। त्यसपछि दिउँसो ३ बजेका लागि पुनः बैठक तय गरिएको थियो। तर, चार घण्टापछि बसेको बैठकमा पनि विपक्षी सांसदहरू उभिएर विरोध जनाएपछि बैठक फेरि अवरुद्ध हुन पुगेको छ।
विपक्षी दलहरूले कुलमान घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरेका छन्। उनीहरूको भनाइ अनुसार, जबसम्म सरकारको तर्फबाट आधिकारिक स्पष्टीकरण दिइँदैन, तबसम्म संसद् बैठक सञ्चालन गर्न नदिने अडान कायम रहनेछ।
यस विषयमा सरकारको आधिकारिक धारणा आउन बाँकी छ। बैठक कहिले पुनः सञ्चालन हुनेछ भन्नेबारे पनि संसद् सचिवालयले कुनै जानकारी दिएको छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता