सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीले पदभार ग्रहण


काठमाडौं । देशको नयाँ प्रधानमन्त्रीका रूपमा सम्माननीय सुशीला कार्कीले आज औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। विशेष समारोहबीच राष्ट्रपति भवनमा शपथग्रहण गरेपछि उहाँले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभयो।


पदभार ग्रहण समारोहमा मन्त्रीहरू, संवैधानिक निकायका प्रतिनिधि, उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री कार्कीले पदभार ग्रहणपछि देशको राजनीतिक स्थायित्व, सुशासन, र विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।


उहाँले राष्ट्रिय एकता र सहकार्यलाई सुदृढ गर्दै जनताको विश्वास जित्ने गरी सरकार सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया