कीर्तिपुर आफैमा कीर्ति भएको देश हो अनेकन इतिहास छन्

कीर्तिपुर आफैमा कीर्ति भएको देश हो । यहाँ अनेकन इतिहास छन् । पृथ्वीनारायण शाह दुइचोटी हारेको कथा छ । प्रतिसोध लिएको व्यथा छ । यी कथा व्यथाको प्रतिनिधित्व गर्ने एउटा सभ्यता छ । त्यो नेवा: सभ्यता हो । कीर्तिपुर नेवा: सभ्यताको देश हो । नेवा: सभ्यता कुनै जात वा धर्म अनि वर्ण विशेषणको कुरा होईन् । सिङ्गो देशलाई चिनाउन सक्ने एक प्रजातिलाई नेवा: भन्ने गरेको छ । नेवा: नै नेपाल हो । नेपालबाट नेवा: हटाउने हो भने त्यसको कुनै अस्तित्व र महत्व गणना हुनेछैन् । भाषा संस्कार सम्पदा जस्ले नेपालको पहिचान बोकेको छ त्यो नेवा:विना सम्भव छैन् । यो अहम पनि होईन् घमण्ड पनि कसैले नसोचे हुन्छ । अत: गर्व गर्ने सभ्यता नै नेवा: हो ।

नेवा: सभ्यता अनेक परिकार छन् । पेय पदार्थ छन् । जन्म र मृत्युमा पुज्यनीय मानिने, तुल्याउने विधि र त्यसमा अर्पण गर्ने तत्व छन् जसलाई नामाङ्कन गरेका छन् जाँडरक्सी भनी । नेवा: सभ्यता पूजामा यी कुरा हुन्छन् । एक प्रकार सेवन हिसाब ती औषधि हुन् । र मेडिकल साइन्सले त्यसलाई मात्राको संज्ञा मानेको छ । सिधै जाँडरक्सी सेवन नगर्नेले पनि अल्कोहल सेवन गरेकै हुन्छ । यसको अर्थ मात्रा बढाएर सेवन गर्नुपर्छ कुरा त्यो पक्कै होईन् । हुन त बुझ्ने बुझाउने कुरा आफैमा विवादित सोच हुन् त्यसको प्रतिकार हुनुपर्छ । विशेषगरी नेवा: सभ्यताले अनुशरण गर्दै आएका मात्रा युक्त परिकार स्वास्थ्य हुन् । यसको विरोध राज्यले गरेको अवस्था छ ।


रैथानेलाई रैती बनाउने राज्यको नीति कुनै पनि जनजातीका पहिचानले जीवन पाउन सकिरहेको छैन् । जस्को आडमा देश जिवित छ त्यही कुरालाई गुलाम बनाउने मननीति प्रभावित छौं । त्यो घेरा नेवा: सभ्यता तोड्नुपर्छ । यदि तोडिएको खण्डमा सम्पुर्ण नेपालीको जय छ । आत्मानिर्भर कथा त्यस्मै छ । स्वाभिमानी हुने वास्तविक तागत त्यसैमा छ । विश्वमा नेपाललाई चिनाउने सक्ने सभ्यता भनेकै नेवा: सभ्यता हो । आज नेवा: सभ्यता मध्ये पनि विशेषगरी कीर्तिपुरको नेवा: सभ्यता जहाँ १८ वर्ष पुर्व एउटा युद्धले क्रान्तिले जीवन खोजिएको थियो आज पुर्ण रुप पाए जस्तो छ भन्ने कुरा नेवा: लहनाबाट विगुल फुकिएको छ । कीर्तिपुरलाई विश्वमा चिनाउन जाँडरक्सी पर्व( थ्वँ अय्ला नख:) को आयोजना गरिएको छ । २४ गतेदेखि २८ गतेसम्म हुँदैछ ।


प्रतिक्रिया