काठमाडौं, १८ जेठ – आमा दर्शन न्यूज राजसंस्थाको समर्थनमा भइरहेको शान्तिपूर्ण आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनमा नयाँ मोड आएको छ। थापाको गिरफ्तारीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित भएका छन्।
लिङदेनले पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी शान्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेका थियौं। तर आज प्रहरीले दमन गर्यो। यो कुनै हालतमा स्वीकार्य छैन।”
उनले आन्दोलन अब झनै तीव्र बनाउने घोषणा गर्दै थपे, “अबको लडाइँ भोलीबाट सुरू हुन्छ। हामी अब एउटै ठाउँमा जम्मिने छैनौं, देशभरि ५० स्थानबाट एकसाथ जुलुस निकाल्नेछौं।”
राजावादी आन्दोलनले पुनः गति लिँदै गएको बेला सरकारले बल प्रयोग गरेर आन्दोलन रोक्न खोजेको भन्दै राप्रपा नेताहरूले विरोध जनाएका छन्। राजधानी काठमाडौंमा आजको प्रदर्शनमा हजारौं समर्थक सहभागी भएका थिए।
थप अपडेटका लागि हामीलाई फलो गर्नुस् – आमा दर्शन न्यूज।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार