सन्तोष परियारले रास्वपा त्यागी ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लाग्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेको घोषणा गरेका छन्। नागरिकसँगको कुराकानीमा उनले नयाँ राजनीतिक यात्रामा अग्रसर हुने निर्णयका कारण रास्वपा छोडेको बताए।


परियार आगामी दिनमा माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने जनाइएको छ। यस अघि पनि विभिन्न राष्ट्रिय तथा स्थानीय मुद्दामा सक्रिय परियार हालको राजनीतिक संरचनाबाट असन्तुष्ट हुँदै वैकल्पिक अभियानतर्फ उन्मुख भएका हुन्।


रास्वपाबाट पछिल्लो समय नेताहरू बाहिरिने क्रम बढेको छ। केही समयअघि पूर्वमन्त्री सुमना श्रेष्ठ पार्टी छोडिसकेकी छन्। त्यस्तै, तोसिम क. कार्की लगायतका केही नेताहरू पनि पार्टी छाड्ने तयारीमा रहेको चर्चामा भए पनि उनीहरूले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।


रास्वपाभित्र देखिएको असन्तुष्टि र नेतृत्वप्रतिको नाराजगीसँगै पार्टीभित्रको गुटगत तनाव बढ्दै गएको विश्लेषण गर्न सकिन्छ।


प्रतिक्रिया