— Aama Darshan News | काठमाडौं
काठमाडौं — सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले यो जानकारी दिएको हो।
यस अभियानमा खासगरी नियमित खोप अभियानबाट छुटेका बालबालिकाहरूलाई लक्षित गरिनेछ। नियमित खोप कार्यक्रम अन्तर्गत दीर्घरोग, संक्रामक रोगहरू जस्तै टी.भी., पोलियो, हेपाटाइटिस बी, डिप्थेरिया, टिटानस, हिब लगायतका रोगविरुद्धका खोप समावेश छन्।
स्वास्थ्य शाखाले अभिभावकहरूलाई समयमै खोप केन्द्रमा पुगेर बालबालिकालाई अनिवार्य खोप लगाउन आग्रह गरेको छ। यस अभियानमा देशभरका सबै स्थानीय तह, स्वास्थ्य चौकी तथा खोप केन्द्रहरूमा खोप उपलब्ध गराइने जनाइएको छ।
यस अभियानले संक्रामक रोगहरूको रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
१९ बैशाख २०८२, शुक्रबार ०३:२४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय