काठमाडौं । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२’ को अवसरमा शुक्रबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलाई स्वागत गरिएको छ।
प्रधानमन्त्री कार्कीलाई गृहसचिव गोकर्णमणि दुवाडीले औपचारिक स्वागत गरेका हुन्। कार्यक्रममा सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा समारोह सम्पन्न भएको थियो।
संविधान दिवसलाई राष्ट्रिय ऐक्यबद्धता, लोकतान्त्रिक मूल्य र राष्ट्रिय सार्वभौमिकताको प्रतीकका रूपमा मनाइँदै आएको छ। यस अवसरमा मुलुकको समृद्धि र सुशासनतर्फ सबै नेपालीलाई एकजुट भई अघि बढ्न प्रेरित गर्ने सन्देश दिने उद्देश्य राखिएको आयोजक पक्षले जनाएको छ।
३ असोज २०८२, शुक्रबार १०:०९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार