राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा संगठन सुदृढीकरणका लागि प्रदेश इन्चार्जहरू तोकेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले संगठन विस्तार र आगामी महाधिवेशनको तयारीका लागि इन्चार्ज नियुक्त गरेको हो।
पार्टीले तोकेको प्रदेश इन्चार्जहरूको विवरण यसप्रकार छ:
-
कोशी प्रदेश – सन्तोष परियार
-
मधेश प्रदेश – मनिष झा
-
बागमती प्रदेश – लिमा अधिकारी
-
गण्डकी प्रदेश – शिशिर खनाल
-
लुम्बिनी प्रदेश – विपिन आचार्य
-
कर्णाली प्रदेश – गणेश पराजुली
-
सुदूरपश्चिम प्रदेश – हरि ढकाल
पार्टी स्रोतका अनुसार इन्चार्जहरूले प्रदेशस्तरीय संगठन निर्माण, कार्यकर्ता परिचालन र नीति कार्यक्रम कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।
यसैबीच, बैठकले राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय समेत गरेको छ। पूर्वनिर्धारित मितिमा तयारी नपुगेपछि नयाँ मिति तय गर्ने निर्णय भएको र छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
रास्वपाले हाल देशभरि संगठन विस्तारमा सक्रियता देखाउँदै आएको छ भने नीति निर्माणदेखि निर्वाचन तयारीसम्मको कार्यसूचीमा प्राथमिकता दिएको छ।
४ बैशाख २०८२, बिहिबार ०६:४२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता