काठमाडौं, – सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय सुनाइएका राजीव गुरूङ ‘दीपक मनाङे’ लाई जिल्ला अदालत काठमाडौंले २० प्रतिशत कैद छुट दिने आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेलाई बाँकी सजायमा २० प्रतिशत छुट दिने आदेश दिएको हो। मनाङेले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) बमोजिम छुटको माग गर्दै निवेदन दिएका थिए, जसअनुसार अदालतले सो आदेश दिएको हो।
२० प्रतिशत छुटको कानुनी प्रावधान
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठ का अनुसार, मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। मनाङेले फागुन १२ गते उक्त व्यवस्थाअनुसार निवेदन दिएका थिए, जसअनुसार अदालतले छुट प्रदान गर्ने आदेश दिएको हो।
ज्यान मार्ने उद्योगमा दोषी ठहर
मनाङे सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका थिए। मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद को फैसला सुनाएको थियो।
यसअघि नै २ वर्ष ८ महिना जेल बसिसकेका मनाङेलाई बाँकी २ वर्ष ४ महिना जेल सजाय भोग्नुपर्ने अवस्था थियो। तर अदालतको आदेशपछि अब उनले २० प्रतिशत छुट पाउने भएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता