अल्पाइन पब्लिक स्कुलको आयोजनामा र आमा दर्शन पब्लिकेशन नेपाल प्रा.लि.को सह-आयोजनामा “ चरित्र निर्माण र नेतृत्व तालिम कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ९ र १० का ९० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। यो तालिम विद्यालयकै प्रांगणमा सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख वक्ता एच.बी. खत्रीले जीवनमा नैतिक मूल्य र चरित्र निर्माणको महत्त्वमाथि प्रकाश पार्दै भने, “नेतृत्व क्षमताको विकासले मात्र व्यक्तिको जीवनमा र समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्छ।” उनले नेतृत्व विकासका व्यावहारिक विधिहरूमाथि पनि चर्चा गर्दै सहभागी विद्यार्थीहरूलाई उत्प्रेरित गरे।
अल्पाइन पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल उदब थापाले कार्यक्रमको समापन समारोहमा धन्यवाद ज्ञापन गरे। उनले भने, “हामी यस संस्थाको तर्फबाट लेखक एच.वि. खत्रीलाई, जसले आफ्नो प्रेरणादायक विचारमार्फत विद्यार्थीहरूको जीवनलाई सकारात्मक मार्गदर्शन गरेका छन्, र आमा दर्शन पब्लिकेशन नेपाल प्रा.लि.का निर्देशक सुर्य बहादुर रायलाई, जसले कार्यक्रम आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।”
उदब थापाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता र नैतिक मूल्यको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे। कार्यक्रमले विद्यार्थीहरूमा नैतिकता, नेतृत्व र सकारात्मक सोचको विकास गर्ने विश्वास दिलाउँदै आयोजकहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
तस्वीर हरु