एकनाथ ढकाल र टेक्ससकी कंग्रेसवुमन बेथ भान डाइनबीच वासिङ्टन डीसीमा भेटघाट

वासिङ्टन डीसी – नेपालका प्रतिष्ठित राजनीतिज्ञ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले अमेरिकाको टेक्सस जिल्ला प्रतिनिधित्व गर्ने कंग्रेसवुमन बेथ भान डाइनसँग अमेरिकी संसद भवन (यूएस क्यापिटल) मा भेटघाट गर्नुभएको छ।

उक्त भेटघाटले नेपाल र अमेरिका बीच आपसी सम्बन्ध सुदृढ बनाउन र अन्तर्राष्ट्रिय सहकार्यका विविध आयामबारे छलफल गर्न महत्वपूर्ण अवसर प्रदान गरेको थियो। दुवै नेताले शान्ति स्थापना, सामाजिक विकास, र विश्वव्यापी सहकार्यको आवश्यकता माथि जोड दिनुभयो।

एकनाथ ढकालले कंग्रेसवुमन भान डाइनसँगको भेटको अवसरप्रति आभार व्यक्त गर्दै यसलाई दुवै देशका लागि सकारात्मक संवाद र सहकार्यको नयाँ बाटो खोल्ने अवसरका रूपमा लिएको उल्लेख गर्नुभयो।

(आमा दर्शन न्यूज

प्रतिक्रिया