उच्च अदालतले महिमानसिंह विष्टसँग धरौटी माग्ने आदेश सदर गर्‍यो


काठमाडौँ,  – आमा दर्शन न्यूज

सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग धरौटी माग गर्ने काठमाडौँ जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बिहीबार विष्टसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने जिल्ला अदालतको आदेश सदर गरेको हो।

जिल्ला अदालतको आदेशविरुद्ध विष्टले धरौटी असुल्न नमिल्ने भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। निवेदनमार्फत उनले आफूलाई तारेखमा राख्न माग गरेका थिए। तर, अदालतले सो निवेदन खारेज गर्दै जिल्ला अदालतको निर्णयलाई सदर गरिदिएको हो।

सर्वोच्च अदालतमा कार्यरत रहँदा विष्टमाथि गैरकानुनी गतिविधिमा संलग्न भएको आरोप लागेको थियो। उनी हाल निलम्बित अवस्थामा छन्।

यस निर्णयसँगै विष्टले रिहा हुन १ लाख रुपैयाँ धरौटी बुझाउनु पर्नेछ।

प्रतिक्रिया