काठमाडौं, २०८१ चैत – तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि सरकारले नेपाली सेना परिचालन गरेको छ। गृहमन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रण गर्न सेनालाई परिचालन गर्ने निर्णय गरेको हो।
राजावादी प्रदर्शनकारीहरूले तोडफोड र आगजनी बढाएपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। सुरक्षाकर्मीको हस्तक्षेपपछि पनि प्रदर्शनकारीहरू आक्रामक बन्दै गएपछि सरकारले सेना परिचालन गर्ने निर्णय लिएको हो।
कहाँ-कहाँ भयो तोडफोड र आगजनी?
प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा केही घरमा तोडफोड गर्नुका साथै एउटा घरमा आगजनी गरेका छन्। आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयमा समेत आगजनी गरिएको छ। त्यसैगरी, पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा जबरजस्ती प्रवेशको प्रयास गरिएको थियो।
यसैक्रममा, पेरिसडाँडामा एउटा सरकारी गाडी जलाइएको छ भने भाटभटेनी क्षेत्रमा तोडफोड र लुटपाट गरिएको छ। साथै, जडिबुटीमा रहेको जडिबुटी प्रशोधन केन्द्रमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सोही केन्द्रमा पार्किङ गरिएको आधा दर्जन गाडीमा पनि आगो लगाइएको छ।
सुरक्षा व्यवस्थामा कडाइ
सुरक्षा निकायले हिंसात्मक गतिविधि नियन्त्रण गर्न रणनीतिक स्थानहरूमा थप सुरक्षाकर्मी तैनाथ गरेको छ। प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण तरिकाले घर फर्किन आग्रह गर्दै अनावश्यक भिडभाड नगर्न चेतावनी दिएको छ।
सरकारले सार्वजनिक सम्पत्ति र जनताको सुरक्षामा खलल पु¥याउने कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने बताउँदै, दोषीहरूमाथि कडा कारबाही गरिने जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता