काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । देउवाको निजी सचिवालयले उनी निर्वाचनमा सहभागी नहुने जानकारी दिएको हो ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, “शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु।”
लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व गर्दै आएका देउवाको यो निर्णयले पार्टीभित्र तथा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश दिएको विश्लेषण गरिएको छ ।
७ माघ २०८२, मङ्गलबार ०८:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार