काठमाडौं - काठमाडौं नेपाली काँग्रेस जिल्ला सम्मेलन गरेको छ। नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्य समिति ज्ञानेश्वरले आयोजना गरेको कार्यक्रम काठमाडौं राष्ट्रिय सभागृहमा शुक्रबार भएको हो । उक्त कार्यक्रममा सभाअध्यक्ष नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ प्रमुख अतिथि नेपालि काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्रि शेर बहादुर देउवा विशिष्ट अतिथि प्रकाशमान सिंह, महामन्त्री गगन कुमार थापा अतिथि नेपाली काँग्रेशका केन्द्रीय सदस्य प्रदिप पौडेल र सम्मेलनमा जिल्लादेखि केन्द्रीय सदस्य र पदाधिकारीहरू सहभागी रहेको थियो ।
कार्यक्रममा सभाध्यक्ष कृष्ण बानियाँले बोल्दै , हामिले नयाँ स्थापित भएका पाटिलाई रोक्न सकेनौ र मैले परिक्षा नदिएर फेल हुनु परेको छ । दुई- दुई चोटि पाटि सभापति समालि रहँदा अर्को चोटि परीक्षा दिन पाउँ भन्दै तर्क गरे ।
त्यस्तै प्रमुख अतिथि नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाले बोल्दै नेताहरूले लामो समय भाषण गर्ने गरेकोमा असन्तुष्ट जनाए । मान्छे बोल्दा -बोल्दा हल नै खालि भईसक्या हुन्छ । कुरो के भने हाम्रा साथिहरुलाई लामो समय बोल्नु पर्ने छ ।
पूरा कुरा सुनाउनै पर्यो के गर्ने कहिलेकाही भित्तालाई पनि सुनाउनु पर्ने हुन्छ भन्दै तर्क गरे। त्यस्तै काठमाडौं सभापति बानियाँलाई टिकट नदिएको विषयमा चित्त दुखाएकोबारे पनि देउवाले भने यहाँ एउटा कुरा सबैलाई चित्त दुखेछ, बानियाँलाई टिकट दिएन भनेर अब टिकट पायो भने जिताउनुहोला है। उहाँलाई जिताएर छाड्नुस् तपाईं हरूलाई म धन्यवाद दिनेछु र काठमाडौं संघीय राजधानी भएकोले पनि यहाँ राम्रो निर्णय गर्दै पार्टीले काम गर्नुपर्ने बताएका थिए।
त्यस्तै महामन्त्री गगन कुमार थापाले बोल्दै दोषी जोसुकै होस् उम्कन हुन्न। निर्दोष जोसुकै होस पर्न हुन्न। कानुन सबका लागि बराबर हुनुपर्छ । उनले भने ‘सर्वसाधारण नागरिकले सार्वजनिक सम्पत्ति लुटेर लियो भने उसलाई के हुन्छ, दण्ड हुन्छ। सहकारी ठगे दण्ड हुन्छ। सामान्य कर्मचारीले ढुकुटीबाट राज्यलाई भार लगायो भने दण्ड हुन्छ। भ्रष्टचारी भिआइपी हुँदैन, कांग्रेसले समात्ने मन्त्र यही हो।जतिसुकै शक्तिशाली भए पनि गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने उनले बताए।