काठमाडौं – गोर्खा मिडियासम्बन्धी मुद्दामा पत्रकार तथा राजनीतिक नेता रवि लामिछानेले आज विशेष अदालतमा बयान दिएका छन्। इजलासमा उनले गोर्खा मिडियाको आर्थिक लेनदेनबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारे।
रवि लामिछानेले अदालतमा भने, “गोर्खा मिडियामा कहाँ–कहाँबाट कसरी पैसा आयो र कसरी खर्च भयो भन्ने प्रश्नको उत्तर मैले दिन सक्दिनँ, श्रीमान। यो सबै काम कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राईको निर्देशनमा हुन्थ्यो। कम्पनी कसरी चल्यो, पैसा कहाँबाट आयो भन्नेबारे मलाई थाहा छैन।”
उनले लेखा परीक्षण प्रतिवेदनमा सहकारीसँग ऋण लिएको विषय कतै उल्लेख नभएको र सबै निर्णय कार्यकारी अध्यक्षको निर्देशनमा भएको बताए। लामिछानेले आफूले कम्पनीका आन्तरिक आर्थिक क्रियाकलापमा संलग्नता नराखेको तर्क गरे।
गोर्खा मिडियासम्बन्धी मुद्दामा जारी बहसले पछिल्लो समय व्यापक चर्चा पाएको छ। अदालतले आगामी दिनमा प्रमाणका आधारमा निर्णय लिने बताइएको छ।
Aama Darshan News
(व्यवसाय, राजनीति र समाजका गहन विषयहरूमा तपाईंको विश्वासपात्र)