सांसद शर्माको प्रश्न: “गृहमन्त्रीले जीवी राईलाई किन पक्राउ गरेनन्?

काठमाडौं, – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। अघिल्लो सरकारको कार्यकालमा आफूले उठाएका मुद्दालाई गृहमन्त्री बनेपछि सम्बोधन नगरेको आरोप लगाउँदै उनले सरकारको निर्णय प्रक्रियामाथि प्रश्नचिन्ह खडा गरेका छन्।


सांसद शर्माले सदनमा भनाइ राख्दै भने, “हिजो उहाँ हाम्रो प्रमुख सचेतक हुनुहुन्थ्यो। उहाँकै निर्देशनमा हामीले सदनमा ‘जीवी राई खोइ? किन पक्राउ गर्दैन?’ भनेर नाराजुलुस गरेका थियौँ। तर अहिले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उहाँले यो विषयमा कुनै कदम चाल्नुभएको छैन। पक्राउ गर्नु उहाँकै दायित्व होइन र?”


उनले गृहमन्त्रीलाई जवाफदेही बनाउन आग्रह गर्दै सरकारलाई पूर्वाग्रहपूर्ण र व्यक्तिगत स्वार्थमा आधारित निर्णय लिन खोजेको आरोप लगाए। शर्माले पत्रकार रवि लामिछानेलाई ‘ह्यारेस’ गरिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।


“सरकारले के कुनै व्यक्तिगत स्वार्थ पूरा गर्न मात्र निर्णय गरिरहेको छ?” शर्माको यो प्रश्नले सदनमा व्यापक चर्चा र बहस निम्त्याएको छ।


सांसद शर्माको आलोचनाप्रति गृहमन्त्री लेखकले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। यस विषयमा सरकारको आधिकारिक धारणा आउन बाँकी छ।

प्रतिक्रिया