काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। उनी निकट स्रोतका अनुसार यसअघि सात सदस्यीय मन्त्रिपरिषद् रहेको सरकारले आज केही नयाँ मन्त्रीहरूको समावेशसँगै विस्तार पाउने भएको हो।
स्रोतका अनुसार सुधा गौतमलाई स्वास्थ्य मन्त्री, गणपतिलाल श्रेष्ठलाई पर्यटन मन्त्री, खगेन्द्र सुनारलाई श्रम मन्त्री र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउने प्रस्ताव गरिएको छ।
उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको र आजै शपथ ग्रहण कार्यक्रम हुने तयारी गरिएको बताइएको छ।
यस विस्तारपछि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आगामी नीति तथा कार्यक्रम कार्यान्वयनमा थप गति लिने विश्वास व्यक्त गरिएको छ।
१० कार्तिक २०८२, आईतबार ०९:३२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता