रूपन्देही जिल्ला अदालतको आदेश बदर, उच्च अदालतद्वारा रवि लामिछानेलाई थुनामा राख्न आदेश

रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि उच्च अदालतले उक्त आदेश बदर गर्दै रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सोही मुद्दामा न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्यो।

धरौटी आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन दिएको थियो। सरकारी वकिलको मागबमोजिम उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो।

उता, लामिछानेले भने आफ्नोविरुद्ध जारी धरौटी आदेश बदर गर्दै साधारण तारेखमा राख्न माग गर्दै पुनरावेदन दिएका थिए। अदालतको पछिल्लो निर्णयपछि अब मुद्दा पुर्पक्षका लागि अघि बढ्नेछ।

प्रतिक्रिया