ब्रेकिङ: कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि तोकिएको मितिमै हुने – राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं – Aama Darshan News


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएको मितिमा नै—आगामी वैशाख ११ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।


आज बिहान बसेको बोर्डको बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत सम्बन्धित परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको लागि आवश्यक तयारी गर्न र परीक्षा सुचारु गर्न अनुरोध गर्ने निर्णय गरेको हो।


परीक्षाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। देशभरका विद्यार्थीहरूले तयारी तीव्र बनाइरहेका बेला बोर्डको यो निर्णयले निश्चितता प्रदान गरेको छ।


प्रतिक्रिया