काठमाडौं, टुँडिखेल:तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायद्वारा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिद्वारा आयोजित पदयात्रा तथा ¥यालीमा हजारौंको सहभागिता देखिएको थियो।
कार्यक्रममा परम्परागत जातीय वेशभूषा धारण गरेका सहभागीहरूले सांस्कृतिक नृत्य, बाजागाजा, झाँकी र सर्प स्तम्भ सहितको प्रस्तुति दिएका थिए। यस वर्ष सर्प वर्ष परेको हुँदा कार्यक्रममा सर्प स्तम्भलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको सुरुवातको रूपमा मनाउने चलन रहेको छ। कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको उपस्थितिसँगै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए। गुरुङ समुदायका युवा, ज्येष्ठ नागरिक तथा महिलाहरूको उत्साहजनक सहभागिताले कार्यक्रममा थप रौनक ल्याएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता