रवि लामिछानेको सरुवा, अब दिल्ली बजार कारागारमा भेट्न सहज

काठमाडौं, जेठ २० – सांसद रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौं सरुवा गरिएको छ। लामिछानेले आफूलाई दिल्ली बजार कारागार लैजान अनुरोध गरेपछि आज उनलाई त्यहीँ सरुवा गरिएको हो।

उनको सरुवासँगै रास्वपा समर्थकहरू र सांसदहरूले भेटघाट गर्न सहज हुने बताइएको छ। रास्वपाका एक सांसदले भने, “अब भेटघाट, समन्वय र कानुनी प्रक्रिया सहज हुने देखिन्छ। सबैको पालो आउनेछ, अहिले शुभकामना मात्र भन्न चाहन्छौं।”

लामिछाने समर्थकहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएर सामाजिक सञ्जालमा शुभकामना तथा समर्थन जनाएका छन्।

सरकार वा कारागार प्रशासनले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन, तर स्रोतका अनुसार सरुवा “स्वस्थ्य र भेटघाट” सहज बनाउन गरिएको हो।

प्रतिक्रिया