बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सम्पन्न


काठमाडौँ, १६ पौष ।  राष्ट्रको अग्रणी शैक्षिक संस्थाका रुपमा परिचित शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित  अतिरिक्त क्रियाकलाप सप्ताह विविध कार्यक्रमका साथ मंगलबार सम्पन्न  भएको छ । समापन समारोहमा बोल्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि निरन्तर क्रियाशील क्याम्पसप्रति विद्यार्थी अभिभावकको आकर्षण बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख प्रा.डा. खड्काले  अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत आयोजित प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण योगदान प्ु¥याएको समेत उल्लेख गर्नुभयो ।
नृत्य प्रतियोगितामा प्राप्ति खरेल प्रथम, प्रतिमा राना मगर द्वितीय र सुनिती गिरीले तृतीय स्थान हासिल गर्नुभएको छ । स्ट्याण्ड अप कमेडी प्रतियोगितामा सबिन खड्का पहिलो र विनोद ओझा दोस्रो, शिवलाल अधिकारी तेस्रो र शत्रुघन कुमार शाह चौथो हुनुभएको छ । हाजिरीजवाफ प्रतियोगितामा दिपेन कटुवाल, निर्मला दर्लामी मगर र नारद बोहराको समूहले प्रथम स्थान प्राप्त गरेको छ । यमुना उपाध्याय, संगीता भट्ट्राई र अम्बिका न्यौपानेको समूह द्वितीय भएको छ । त्यसैगरी रोहित क्षेत्री, दिलन राई र मौसम गौतमको समूह तृतीय भएको छ । 
 टेबल टेनिस प्रतियोगितामा छात्रतर्फ रोशन घिमिरे,     प्रभात पौडेल,  उमेश गुरुङ्गले  क्रमशः पहिलो, दोस्रो र तेस्रो

स्थान प्राप्त गर्नुभएको छ । सोही प्रतियोगिताको छात्रातर्फ सुजा श्रेष्ठ प्रथम , सरिना मगर द्वितीय  र मनिषा नेपालीले तृतीय हुनुभएको छ । ब्याडमिन्टन प्रतियोगिताको छात्रातर्फ सृष्टि शाह, मिली श्रेष्ठ र यमुना उपाध्याय क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । छात्रतर्फ राम शाह पहिलो, इन्द्रसिंह ठकुरी दोश्रो  र आयुहाङ्ग राईले  तेस्रो स्थान हासिल गर्नुभएको छ ।
भलिबल प्रतियोगितामा किशोर शाही, अशोक क्षेत्री, सुरेन परियार, जीवन आउजी, अशोक साउँद, लोकेश घर्तीमगर, सागर राई दनुवार, सुर्जन ताम्राकार र  शिव नेपालीको समूह प्र
थम भएको छ । त्यस्तै, समीर नेपाली, विकास खत्री, राजकुमार रोकाया, टेकेन्द्र रोकाया, ललित बिक, वसन्त बोहरा, रुपेश नेपाली, राजेश नेपाली र उज्जवल श्रेष्ठको समूहले द्वितीय स्थान हासिल गरेको छ । भलिबल प्रतियोगितामा छात्रातर्फ सृष्टि आलेमगर, झरना राई, सुस्मिता वराल, रुविना साउँद, अप्सरा कार्की, लक्ष्मी बुढाथोकी, पूजा अधिकारी, यशोदा कार्की र मोहिनी थापाको समूह पहिलो भएको छ । त्यसैगरी टिकेश्वरी बोहोरा, विमला न्यौपाने, मुना बोहोरा, तमै तामाङ, आशा थापा, विपना भण्डारी, प्रतिभा खड्का, अस्मिता बोहरा र एलिशा खड्काको समूहले दोस्रो स्थान प्राप्त गरेको छ । 

विजयी प्रतियोगीलाई  आगामी आइतबार एक समारोहबीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने क्याम्पसले जनाएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त उक्त क्याम्पसमा हाल स्नातक तहमा बीबीएस, बीए र बीएड् तथा स्नातकोत्तरतर्फ एमए (समाजशास्त्र), एमबीएस एवं र एमएड् ( स्वास्थ्य शिक्षा र शैक्षिक व्यवस्थापन तथा सुपरीवेक्षण) कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया