कमलामाई नगरपालिकाको १५ औं नगरसभा अधिवेशन सम्पन्न

कमलामाई नगरपालिका, सिन्धुली – कमलामाई नगरपालिकाको १५ औं नगरसभा अधिवेशनको दोस्रो बैठक मिति २०८१ असोज ६ गते नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनमा नगर प्रमुख पोखरेलले विनियोजन विधेयकसँग सम्बन्धित अनुसूचीहरू र विभिन्न प्रशासनिक तथा नीतिगत प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो।

बैठकमा उप प्रमुख श्री मन्जु देवकोटाले विनियोजन विधेयकका अनुसूचीहरूसम्बन्धी बजेटको बाँडफाँडको प्रस्तुति गर्नुभएको थियो। यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत श्री विनोद भट्टराई, नगर कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो।


अधिवेशनले नगरपालिकाको आर्थिक वर्षको बजेट र आगामी विकास योजना सम्बन्धी महत्वपूर्ण छलफल गरेको छ। नगर प्रमुख पोखरेलले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै विभागहरूको सहकार्य अपरिहार्य रहेको बताउँदै नगरको दीर्घकालीन विकासको लागि ठोस योजना बनाउनुपर्नेमा जोड दिनुभयो। 

यो बैठकले कमलामाई नगरपालिकाको विकास योजनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया