फ्लडलाइट र प्याराफिट निर्माणमा ढिलाइ: प्रधानमन्त्रीको दावी र वास्तविकता फरक



काठमाडौं, – किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान र प्याराफिट निर्माणका लागि चौथो पटक टेन्डर आह्वान गरिएको छ। यसअघि तीन पटकसम्म टेन्डर प्रक्रिया असफल भएको र ठेक्का सम्झौता हुन नसकेको अवस्थामा सरकारले पुसको तेस्रो साता नयाँ प्रक्रिया सुरु गरेको हो।


प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक महिनामै काम सुरु भएको दावी गरेका थिए। तर, हालसम्म ठेक्का सम्झौता हुन नसकेको देखिन्छ।

प्रतिक्रिया