काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने स्पष्ट पार्नुभएको छ ।
सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै कार्यवाहक सभापति खड्काले पार्टीभित्र उठेका सबै प्रश्नहरूको समाधान नियमित महाधिवेशनमार्फत नै हुने बताउनुभयो ।
उहाँले हाल चालु रहेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानअनुसार मुलुकलाई राजनीतिक निकास दिने गरी सबै आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो । “हामी नेपाली काँग्रेसको चालु केन्द्रीय कार्यसमिति बैठकबाट संविधानको रक्षा, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यप्रति जिम्मेवारीपूर्वक निर्णय गर्नेछौं,” उहाँले भन्नुभयो ।
खड्काले पार्टीभित्रको एकता सुदृढ गर्दै विगतमा जस्तै मुलुकलाई अघि बढाउने मियोको भूमिका नेपाली काँग्रेसले पुनः निभाउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा सबै दल, नागरिक समाज र सञ्चार जगत एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ ।
कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट जोगाउन सबै राजनीतिक दल र सरोकारवाला पक्षबीच सहकार्य र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार