सांसद एकनाथ ढकालद्वारा फिलिपिन्सका सभामुखसँग भेट

प्रतिनिधि सभाका सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री एकनाथ ढकालले मित्र राष्ट्र गणतन्त्र फिलिपिन्सका महामहिम सभामुख फेर्डिनाण्ड मार्टिन जी रोमुअल्देज़सँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटका क्रममा नेपाल र फिलिपिन्सबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ।


यो भेट केन्द्रवादी लोकतान्त्रिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा भएको थियो। नेपाल र फिलिपिन्सबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। भेटका क्रममा फिलिपिन्सका राजदूत पनि सहभागी थिए।


सभामुख फेर्डिनाण्ड मार्टिन फिलिपिन्सको सत्तारूढ पार्टी लकासका नेता हुन् भने सांसद ढकाल नेपाल परिवार दलका संस्थापक हुन्।


यो भेटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया