विश्वविद्यालयमा तालाबन्दी, विद्यार्थीहरू शिक्षा बिहीन— सांसद सुमना श्रेष्ठको आक्रोश

काठमाडौं – नेपाली विश्वविद्यालयहरूमा राजनीतिक दलहरूको हस्तक्षेप बढ्दै जाँदा पठनपाठन ठप्प हुने स्थिति आएको छ। स्ववियु निर्वाचनको नाममा विभिन्न दलहरूले आफ्ना गुट-उपगुटहरूलाई जोगाउन विद्यार्थीहरूलाई राजनीतिक खेलमा मोहरा बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कडा प्रतिक्रिया दिएकी छिन्।


सांसद श्रेष्ठले सामाजिक सञ्जालमार्फत “विद्यार्थीहरूको होइन, आफ्नै टाउको फुटाएर डिटरमाइन्ड गर्नुहोस्” भन्दै दलहरूप्रति रोष व्यक्त गरेकी छन्। उनका अनुसार विश्वविद्यालयमा तालाबन्दी जारी रहेको एक महिना भइसकेको छ, जसले विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने मौलिक हकलाई गम्भीर रूपमा असर पुर्याएको छ।


उनले राजनीतिक दलहरूलाई विश्वविद्यालयहरूलाई आफ्नो स्वार्थपूर्तिको केन्द्र बनाउन बन्द गर्नुपर्ने माग राख्दै तत्काल तालाबन्दी खोल्न र विद्यार्थीहरूको शिक्षाको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिनुपर्ने बताएकी छिन्।


शिक्षा क्षेत्रमा राजनीतीकरणले विद्यार्थीहरूको भविष्य अनिश्चित बन्दै गइरहेको भन्दै आम विद्यार्थी, अभिभावक र नागरिक समाजले पनि यो विषयमा गम्भीर चासो देखाउनु पर्ने उनको आग्रह छ।


अामा दर्शन न्युज

प्रतिक्रिया