काठमाडौँ, अामा दर्शन न्युज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले आज आदेश सुनाउने भएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज शुक्रबार भएको सुनुवाइ सम्पन्न भएसँगै आदेश लेखनको प्रक्रिया अगाडि बढेको हो।
लामिछानेकी पत्नी निकिता पौडेलले ‘गैरकानुनी रूपमा थुनामा राखिएको’ भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। यस सम्बन्धमा सर्वोच्च अदालतले आज अन्तिम आदेश सुनाउने तयारी गरेको हो। हाल न्यायाधीशद्वय ढोका बन्द गरेर आदेश लेखनमा व्यस्त छन्।
उक्त मुद्दालाई लिएर सर्वोच्च अदालत परिसरमा लामिछानेका समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। रिहाको अपेक्षासहित समर्थकहरू नाराबाजी गर्दै सर्वोच्चको बाहिर प्रतिक्षामा बसेका छन्।
लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो। तर उनलाई न्यायिक प्रक्रिया नपुर्याई थुनामा राखिएको भन्दै रिट दायर गरिएको हो।
सर्वोच्चको आदेशले अब लामिछानेको भविष्यको राजनीतिक र कानुनी स्थिति स्पष्ट हुने अपेक्षा गरिएको छ। अामा दर्शन न्युज तपाईलाई विस्तृत अपडेटसहित जानकारी गराइरहनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता