काठमाडौँ।
राष्ट्रवादी प्रजातन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोशिमा कार्कीले पार्टीभित्र तयार गरिएको सुधार–रोडम्याप प्रस्तुत हुन नदिन संस्थापन पक्षले योजनाबद्ध रूपमा अवरोध गरेको कडा आरोप लगाएकी छन्। आमा दर्शन न्यूज अनलाइनलाई प्राप्त तथ्यअनुसार, संगठनका सदस्यहरूको तीव्र दबाबपछि मात्र नेतृत्व उक्त दस्तावेजबारे छलफलमा आउन बाध्य भएको उनले बताइन्।
डा. कार्कीका अनुसार पार्टीभित्र बहुमतको कदर नहुनु, विधि–पद्धति विपरीत निर्णय चलाइनु, तथा आन्तरिक पारदर्शिताको अभाव रास्वपाको संस्थागत स्वास्थ्यका लागि चुनौती बन्दै गएको छ। उनले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भनिन्—
“घमण्ड र दबाबमा पार्टी चलाएर सुधार सम्भव हुँदैन। ‘सबै अट्ने, सबै खट्ने’ सिद्धान्तअनुसार genuine reform हुन सकेन भने सक्षम व्यक्तिहरू बाहिरिन बाध्य हुनेछन्।”
फरक विचार राख्नेहरूलाई मिडिया ट्रायलमार्फत बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै उनले यस्तो गतिविधिले संगठनभित्र स्वस्थ लोकतान्त्रिक वातावरण कमजोर बनाउने टिप्पणी गरिन्।
देश र पार्टीको हितका लागि सहकार्य, समावेशीता र विधि–पद्धतिलाई प्राथमिकतामा राख्नुपर्नेमा डा. कार्कीले जोड दिँदै नेतृत्वलाई समयमै आत्मसमीक्षा गर्न आग्रह गरेकी छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता