देशको दिशा निर्धारण गर्ने ऐतिहासिक दस्तावेज — नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, सांसद अशोक कुमार चौधरीको विशेष चासो

— Aama Darshan News | काठमाडौं


काठमाडौं — देशको भौतिक, आर्थिक र सामाजिक विकासका लागि मार्गदर्शक कागजातका रूपमा हेरिने सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको यो नीति तथा कार्यक्रम राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूद्वारा प्रस्तुत गरिनेछ।


संसद्का सदस्यहरूका बीच यसपटकको नीति तथा कार्यक्रमप्रति विशेष चासो देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले नीति तथा कार्यक्रममा दक्षिण मधेश क्षेत्रका पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा रोजगारी सम्बन्धी योजनाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आएका छन्।


सांसद चौधरीका अनुसार, “नीति तथा कार्यक्रम कागजमा मात्रै सीमित नहोस्, त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट कार्ययोजना र कार्यान्वयनको ग्यारेन्टी आवश्यक छ। खासगरी सीमावर्ती जिल्लाहरूमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्छ।”



उनको यो भनाइले आगामी नीति तथा कार्यक्रमप्रति देशको मात्र नभई स्थानीय तह र जनप्रतिनिधिहरूको पनि उच्च अपेक्षा रहेको पुष्टि गर्छ।


यस ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनताको ध्यान केन्द्रित भएको छ—

•सरकार कुन मार्ग रोज्नेछ?

कुन क्षेत्रलाई प्राथमिकता दिनेछ?

र कुन नीतिले देशलाई समृद्धितर्फ डो-याउनेछ?



प्रतिक्रिया