काठमाडौं, अामा दर्शन न्यूज – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेशी मुलुक जान खोज्ने युवाहरूबाट रकम असुली भएको भनिएको घटनामा आफ्नो नाम जोडिएपछि गृहमन्त्री रमेश लेखकले पहिलो पटक मुख खोलेका छन्। उनले स्पष्ट शब्दमा आफू कुनै गलत काममा संलग्न नभएको दाबी गर्दै, ‘‘जुन दिन म गलत काममा संलग्न हुन्छु, त्यो दिनदेखि राजनीतिमा देखा पर्दिनँ,’’ भनेर स्पष्ट प्रतिक्रिया दिएका छन्।
एक सार्वजनिक कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री लेखकले उक्त विषयमा आफूले धेरै कुरा थाहा पाइसकेको र गृह मन्त्रालयले छिट्टै विज्ञप्ति निकाल्ने जानकारी दिए।
उनको भनाइ यस्तो छ :
‘‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ ।’’
मन्त्री लेखकले आफ्नो राजनीतिक जीवनभर कहिल्यै पनि कुनै पार्टीलाई लाज लाग्ने काम नगरेको उल्लेख गर्दै भने, ‘‘मैले जीवनभरी राजनीति गरेर कुनैपनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ।’’
गृह मन्त्रालयले घटनाबारे छानबिन अघि बढाउने र सत्यतथ्य पत्ता लगाइने उनले स्पष्ट गरेका छन्। उनले जनताको विश्वासमा कुनै आघात नपुग्ने गरी सत्य उजागर गरिने विश्वाससमेत व्यक्त गरेका छन्।
– अामा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता