देशमा भएको व्याप्त बेथिति भ्रष्ट्रचार बिसंगतीको अन्त्य, सुशासन कायम गर्ने भनी उदाएको रास्वपाले ग्रामथान गाउँ पालिकाको नतिजा आफ्नो आफू अनुकूल आउने जिकिरमा छन ।
स्थानीय मुद्दामा भिजेर बसेको व्यक्ति
कानुन अध्ययन गरेका,पालिकाको शिक्षा विज्ञको रूपमा काम गरि सकेका र निरन्तर २० वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गरेर जनताको घरघरमा सेवारत साथै युवा पुस्तामा चिनिएका नाम नवीन कुमार विश्वासलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएकोले चुनावी प्रचारमा सहभागी भएका सांसद हरि ढकालले रास्वपाको पक्षमा उत्साहजनक अवस्था रहेको दाबी गरे ।
‘जनता सत्य र न्यायको पक्षमा हुन्छन् । ३४ वर्षदेखि भ्रममा परे पनि अहिले जनताले बुझेका छन्,काठमाडौं,धरान धनगढी झै मत परिवर्तन गरेर देखाई दिन ग्रामथान बासीलाई सांसद ढकालले आफ्ना उम्मेदवारको पक्षमा भोटको अपिल गरे
त्यसैगरि पटकपटक सता संचालनमा परिक्षण भई सकेका कांग्रेस,एमाले,माओवादीका किल्ला यसपटक भत्काएर छाडने रास्वपाको दावी रहेको छ।
पत्रकारहरूले तपाईंको चुनावी एजेन्डा के छ भनेर सोधिएको प्रश्नमा" स्कुलमा कपि, कलम फ्रिमा दिन्छु ।"भन्ने जस्ता परम्परावादी पार्टी र उम्मेदवारबाट ग्रामथान विकास र समृद्धिको आशा नगर्न आम मतदाताहरूमा अनुरोध गर्दै स्थानीय तहको सरकारको अनुभुति गर्न
ग्रामथान बासीले मोैका दिए आफुले काम गर्ने प्रतिबद्धता रास्वपा उम्मेदवार नवीन कुमार विश्वास गरेका थिए।