प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका सवाल र सञ्चार कानुनबारे छलफल कार्यक्रम सम्पन्न


काठमाडौं — प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारका पेशागत अधिकार, र सञ्चार कानुनको कार्यान्वयन सुदृढीकरणका विषयमा केन्द्रित एक विशेष छलफल कार्यक्रम २०८२ साउन ९ गते काठमाडौंमा सम्पन्न भएको छ।


कार्यक्रममा सञ्चार क्षेत्रका विश्लेषक, सञ्चारमाध्यमका प्रतिनिधि, श्रमजीवी पत्रकार संघ, कानुन व्यवसायीहरू, सञ्चार नीति निर्माताहरू, तथा मानव अधिकार र स्वतन्त्र प्रेसका पक्षधरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


छलफलमा पत्रकारहरूमाथि बढ्दो दवाव, श्रम ऐनको कार्यान्वयनमा भइरहेका समस्या, न्यून पारिश्रमिक, अस्थायी नियुक्ति, तथा पत्रकारहरूको सामाजिक सुरक्षाजस्ता विषयहरू गम्भीरतापूर्वक उठाइएका थिए। सहभागीहरूले सञ्चार कानुनहरूलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउनु पर्नेमा जोड दिएका थिए।


कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै राज्य संयन्त्रबाट हुने सम्भावित हस्तक्षेपको प्रतिकार गर्न सशक्त कानुनी संरचना र पत्रकारहरूको पेशागत सुरक्षाका उपायहरू आवश्यक रहेको बताए।


छलफलमा पत्रकारिता क्षेत्रको दीगो विकासका लागि श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिकको कार्यान्वयन अनुगमन, तथा सञ्चारकर्मीहरूको सुरक्षाका लागि स्पष्ट कार्यविधि निर्माण गर्न सरकारलाई सुझाव दिइएको थियो।


कार्यक्रमको संयोजन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा गरिएको हो। छलफलले पत्रकारहरूको हकहित तथा स्वतन्त्र सञ्चारको प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया