ललितपुर, – ललितपुरस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा नैतिक शिक्षा र सामाजिक विकास फोरमको आयोजनामा कक्षा ९ र १० का करिब ४३ विद्यार्थीहरूलाई लक्षित गरी "नैतिक शिक्षा" र "मादक पदार्थ दुर्व्यसनको असर" विषयमा एक दिवसीय कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यशालामा विद्यार्थीहरूलाई नैतिक मूल्य, नेतृत्व विकास, र मादक पदार्थ दुर्व्यसनको नकारात्मक प्रभावबारे जानकारी गराउँदै सचेतना फैलाइएको थियो। कार्यक्रमले युवाहरूमा नैतिक शिक्षाको महत्त्व र मादक पदार्थ दुर्व्यसनको दीर्घकालीन प्रभावबारे गहन छलफल गरेको थियो।
फोरमका सञ्चालक लोक बहादुर गिरी र सुर्य बहादुर रायको विशेष पहलमा आयोजित यस कार्यशालामा विद्यालयका शिक्षकहरू, कर्मचारीहरू, तथा मिडिया प्रतिनिधिहरूको पनि उल्लेखनीय सहयोग प्राप्त भएको थियो।
कार्यक्रमको सफलताका लागि मिडिया कर्मीहरू, विद्यालय प्रशासन, र सबै सहभागीलाई नैतिक शिक्षा र सामाजिक विकास फोरमले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
आमा दर्शन न्यूज
#NaitikShiksha #SuryaRaya #LokBahadurGiri #Lalitpur
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता