वीरगन्जमा कर्फ्यु अवधि थपियो, चैत ३१ राति १२ बजेसम्म लागू

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा जारी कर्फ्युको समय थप गरिएको छ। दुई समुदायबीच उत्पन्न विवाद झन् उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्युको अवधि लम्ब्याउने निर्णय गरेको हो।


पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार साँझ एक सूचना जारी गर्दै कर्फ्यु आज (चैत ३१) राति १२ बजेसम्म कायम रहने जानकारी दिएका छन्। शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनी भएपछि प्रशासनले शनिबार साँझदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।


स्थिति अझै संवेदनशील देखिएपछि शान्ति सुरक्षा कायम राख्नका लागि प्रशासनले कर्फ्यु अवधि थप गरेको हो। स्थानीय प्रशासनले नागरिकहरूलाई अनावश्यक रुपमा बाहिर ननिस्कन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।



—आमा दर्शन न्यूज

प्रतिक्रिया