झापा,— राजसंस्था पुनर्स्थापनाका लागि गठित 'संयुक्त जनआन्दोलन समिति'का जनकमाण्डर तथा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनलाई शुक्रबार बिहान झापाको काकडभिट्टाबाट नियन्त्रणमा लिइएको हो। एक प्रहरी अधिकारीका अनुसार, उनलाई आजै फ्लाइटमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ।
प्रसाईंलाई मेची पुल हुँदै कालो सिसा भएको निजी गाडीमा भद्रपुर लगिएको र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले समातेको पुष्टि भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले केहीबेरमा औपचारिक प्रेस विज्ञप्ति मार्फत थप विवरण सार्वजनिक गरिने बताएका छन्।
स्रोतका अनुसार प्रसाईंलाई भारतको असामबाट ल्याएर नियन्त्रणमा लिइएको हो।
२८ चैत २०८१, शुक्रबार ११:१५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय