परमेश्वरको मण्डली विश्व सुसमाचार समाज अन्तर्गत रहेको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले काठमाडौँ गोकर्णेश्वर–४ स्थित माइती नेपाल चोक क्षेत्रमा वातावरण सरसफाइ अभियान सञ्चालन गरेको छ। फेब्रुअरी १९मा सम्पन्न कार्यक्रम ‘Green Earth’ परियोजनाको एक हिस्सा हो, जसको उद्देश्य प्रदूषित सडक, पार्क तथा हरित क्षेत्र सफा गरेर दैनन्दिन जीवनमा हरितगृह ग्यास उत्सर्जन घटाउने हो।
स्वयंसेवकहरूले बिहान ७ बजेबाट झन्डै डेढ घण्टा माइती नेपाल चोक वरपर, सडक र बजार क्षेत्र सफा गर्दै प्लास्टिक ,चुरोटको ठुटो, पेपर कप, प्लास्टिक कपसहित विभिन्न प्रकारका प्लास्टिकका फोहोर संकलन गरे। जम्मा गरिएको फोहोरले ५०–लिटर क्षमताका २५ वटा प्लास्टिक झोला भरिएका थिए।
ASEZ WAO विश्वभर ‘Green Earth’सँगै ‘Blue Ocean’ (नदी, खोला तथा समुद्र सफाइ), ‘Mothers’ Forest’ (वृक्षारोपण), ‘No More GPGP’ (प्लास्टिक टापु रोकथाम) जस्ता वातावरणीय परियोजनाहरू सञ्चालन गर्दै आएको छ। साथै ‘Green Workplace’ अभियानअन्तर्गत ‘इमेल इनबक्स खाली गर्ने’, ‘मोनिटर तथा मल्टिप्लग बन्द गर्ने’ जस्ता ऊर्जा–स्रोत बचत चुनौती पनि निरन्तर चलिरहेको छ।
अन्तर्राष्ट्रिय तहमा प्लास्टिक–मुक्त २०४० लक्ष्यअनुसार नेपालका ललितपुर, लुम्बिनी, नेपालगञ्जलगायत स्थानमा पनि सरसफाइ गतिविधिहरू भइरहेको उल्लेख गर्दै ASEZ WAO ले विश्वभर ६०० भन्दा बढी अवार्ड प्राप्त गरिसकेको उल्लेख गरे—जसमध्ये अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाको प्रशंसापत्र, ग्रीन वर्ल्ड अवार्ड, ग्रीन एप्पल अवार्ड प्रमुख छन्।
ASEZ WAO आबद्ध परमेश्वरको मण्डली हाल १७५ देशमा ७८०० भन्दा बढी स्थानमा फैलिएको छ र करिब ३९ लाख २० हजार सदस्यले बाइबलका शिक्षाअनुसार सामाजिक तथा मानवतावादी सेवामा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। नेपालमा मात्रै गत जूनसम्म ५७,४३७ जना सदस्यले ९५८ पटक स्वयंसेवा कार्यक्रम गरेका छन्।
परमेश्वरको मण्डलीले विश्वभर ५,४०० भन्दा बढी अवार्ड—जसमध्ये संयुक्त राज्य राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाली राष्ट्रपति अवार्ड, पेरु वातावरण अवार्ड लगायत— प्राप्त गरिसकेको छ।
७ फाल्गुण २०८२, बिहिबार ०९:४९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता